समाचार

    रौतहट-४ बाट रास्वपाका गणेश पौडेल विजयी

    नवलपुर टुडे
    २०८२ फाल्गुन २४ | बिहान ०७:११ बजे

      रौतहट, फागनु २३ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनमा रौतहटको क्षेत्र नम्बर-४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेल विजयी हुनु भएको छ । 

      उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सिनालाई २१ हजार ११ मतले पछाडि पार्दै उहाँ विजयी हुनु भएको हो ।

      रास्वपा उम्मेदवार पौडेलले ३६ हजार ८७६ मत ल्याउनुभएको छ भने काँग्रेसका उम्मेदवार तिमल्सिनाले १५ हजार ८६५ मत ल्याउनु भएको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ का मुख्य निर्वाचन अधिकृत उद्धव ढोडारीले जानकारी दिनुभयो । 

      यसैगरी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रामकुमार भट्टराईले नौ हजार ७७८ र नेकपा एमालेका उम्मेदवार रामजीसाह सोनारले तीन हजार ४७८ मत हासिल गर्नुभएको मुख्य निर्वाचन अधिकृत ढोडारीले जानकारी दिनुभयो । 

        कमेन्टहरु