निर्वाचन

    बागलुङ–१ मा क्रियापुत्रीद्वारा मतदान

    रासस
    २०८२ फाल्गुन २१ | मध्यान्ह ०५:११ बजे

      ढोरपाटन (बागलुङ), फागुन २१। यहाँको काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गर्नुभएको छ ।आज भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आमाको निधन भएको छैठौँ दिनमा धम्जा मतदान केन्द्रबाट दीपेन्द्र रानाले मतदान गर्नुभएको हो ।

      आमाको काजक्रियामा रहे पनि मतदान गर्ने अवसरको सदुपयोग गरेको उहाँले बताउनुभयो । राना नेपाली कांग्रेस काठेखोला–३ का वडा सभापतिसमेत हुनुहुन्छ ।

      उहाँले भन्नुभयो, “चुनाव भनेको सही नेतृत्व चयन गर्ने महत्वपूर्ण दिन भएकोले मैले यो अवसरलाई गुमाउन चाहिँन ।”

        कमेन्टहरु