प्रबास

    टर्कीतर्फ मिसाइल प्रहार गरेको आरोपको इरानद्वारा अस्वीकार

    एजेन्सी
    २०८२ फाल्गुन २१ | मध्यान्ह ०१:११ बजे

      तेहरान । इरानको सेनाले टर्कीतर्फ कुनै मिसाइल प्रहार नगरेको दाबी गरेको छ । टर्कीले बुधबार इरानबाट प्रक्षेपित भएको भनिएको मिसाइललाई नाटोको हवाई प्रतिरक्षा प्रणालीले खसालेको बताएपछि इरानले यस्तो प्रतिक्रिया दिएको हो ।

      इरानको सरकारी निकट समाचार एजेन्सी फार्सका अनुसार इरानी सशस्त्र बलको मुख्यालयले वक्तव्य जारी गर्दै टर्कीको सार्वभौमिकता र मित्रतापूर्ण सम्बन्धलाई सम्मान गर्ने भन्दै टर्कीको भूभागतर्फ मिसाइल प्रहार नगरेको जनाएको छ ।

      टर्कीका अधिकारीहरूले भने उक्त मिसाइल इरानबाट प्रक्षेपण भई इराक र सिरियाको हवाई क्षेत्र हुँदै टर्कीतर्फ अघि बढेको र टर्कीको हवाई क्षेत्रमा प्रवेश गर्नु अघि नै नष्ट गरिएको बताएका थिए ।

      मध्यपूर्वमा पछिल्लो साता सुरु भएको द्वन्द्वपछि नाटो बलले इरानबाट सदस्य देशतर्फ गइरहेको मिसाइल अवरोध गरेको सम्भवतः यो पहिलो घटना मानिएको छ । 

        कमेन्टहरु