देश

    गोदावरीमामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते

    जगत ठाडा मगर
    २०७८ साउन २९ | बिहान ०८:०४ बजे

      धनगढी । कैलालीको गोदावरीमामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । उनी बैतडीको सिगास गाउँपालिका–९ बचपानीका वासिन्दा हुन् ।

      धनगढीबाट डडेल्धुरातर्फ जाँदै गरेको से १ ख ८५१ नम्बरको ट्रक बिहीबार साँझतिर गोदावरीमा दुर्घटना हुँदा चालक ३५ वर्षीय रामसिंह महराको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा बैतडीकै सुर्नया गाउँपालिका–५ का पंकज मडै सामान्य घाइते भएका छन् । उनी ट्रकका सहचालक हुन् ।

      दुर्घटनामा परेर गम्भीर घाइते भएका महराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

        कमेन्टहरु