बिश्व

    कुवेतमा आफ्नै पक्षको आक्रमणले तीन जेट खसेको अमेरिकाको दाबी

    एजेन्सी
    २०८२ फाल्गुन १८ | मध्यान्ह ०६:११ बजे

      वासिङटन डीसी । अमेरिकी सेनाले कुवेतमा आफ्ना तीन वटा एफ–१५ लडाकु विमान ‘फ्रेन्डली फायर’ (आफ्नै पक्षको आक्रमण) का कारण खसेको बताएको छ ।यसअघि कुवेती सेनाले धेरै अमेरिकी लडाकु विमान कुवेतमा दुर्घटनाग्रस्त भएको र घटनाको कारणबारे अनुसन्धान भइरहेको बताएको थियो । 

      अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)ले पछिल्लो अपडेटमा इरानविरुद्ध चलाइएको अपरेसन एपिक फ्युरीका समर्थनमा उडिरहेका तीन एफ–१५ जेट स्पष्ट रूपमा फ्रेन्डली फायरका कारण कुवेतको आकाशबाट खसेको भनेको छ ।

      कमान्डका अनुसार विमानमा रहेका चालक दलका सबै ५ जनालाई सुरक्षित रूपमा निकालिएको र उनीहरूको उद्धार गरिएको छ । यसअघि बीबीसीले प्रमाणित गरेको भिडियोमा कुवेत सिटी नजिक एक लडाकु विमान खस्दै गरेको देखिएको थियो । 

        कमेन्टहरु