मौसम

    यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    नवलपुर टुडे
    २०८२ फाल्गुन १८ | बिहान ०७:११ बजे

      काठमाडौं, फागुन १८। नेपालमा हाल  पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।हाल कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल तथा बाँकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ।

      कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा बिहान छिटपुटदेखि हल्का वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार दिउँसो कोशी प्रदेशको पहाडी र हिमाली भू-भाग सहित बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।

      राति कोशी प्रदेशको पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

        कमेन्टहरु