देश

    नेपाल–भारत सीमामा गयो भूकम्प

    नवलपुर टुडे
    २०८२ फाल्गुन १४ | मध्यान्ह ०३:११ बजे

      काठमाडौं । नेपाल–भारत सीमामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार (फागुन १४) दिउँसो १२ः५४ बजे ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

      उक्त धक्काको केन्द्रविन्दु नेपाल–भारत (सिक्किम) सीमा आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

      यसअघि, यही फागुन ११ गते बिहान बाजुरामा ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

      त्यसअघि, फागुन १० गते बिहान संखुवासभामा ४.१ म्याग्निच्युडको धक्का मापन गरिएको केन्द्रले जनाएको छ ।

        कमेन्टहरु