समाचार

    खुल्यो तुम्लिङटार विमानस्थल

    रासस
    २०८२ फाल्गुन ४ | मध्यान्ह ०४:११ बजे

      सङ्खुवासभा । प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल आजदेखि खुलेको छ । मौसम अनुकूल भएपछि काठमाडौँ उडान भएको छ ।

      आजदेखि काठमाडौँ–तुम्लिङटार उडान पुनः सञ्चालन भएको नागरिक उड्ययन कार्यालयका प्रमुख नवराज दाहालले बताए । तुवाँलोका कारण ‘भिजिबिलिटी’ नहुँदा हवाई सेवा अवरुद्ध भएको हो ।

      यो विमानस्थलमा निजी क्षेत्रका विमान कम्पनीले सेवा सञ्चालन गर्दै आएका छन् ।

        कमेन्टहरु