देश

    समाजसेवी अग्रवालले जन्मदिनको अबसरमा आमाको माया छात्रावासलाई स्टेसनरी, खाजा र स्वास्थ्य सामाग्री सहयोग

    जगत ठाडा मगर
    २०७८ साउन २६ | मध्यान्ह ०८:०४ बजे

      बिरगंज । समाजसेबी एवं सिटी सर्जिकलका प्रोप्राइटर दिपक अग्रवालले आफ्नो ४९ औ जन्मदिन बिरगंजस्थित आदर्शनगरको आमाको माया छात्राबासमा मनाएका थिए ।

      photo 2021 08 10 20 18 48
      समाजसेबी अग्रवालले हरेक बर्ष आफ्नो जन्मदिन सामाजिक कार्य गरि मनाउदै आईरहनु भएको समेत बताए । म व्यापारी भएपनि समाजसेवामा पनि आफ्नो रुचि रहेकोले बिगतका दिनदेखि सामाजिक कार्य गर्दै आएको छु र आउने दिनहरु पनि निरन्तर सामाजिक कार्यमा लागी रहने बताउनु भयो ।

      यस्तो बिषम परिस्थितिको समयमा पनि मानवीय सेवाको भावना राखी सहयोग गरि पुण्य कमाउने मनकारी आगामी दिनमा पनि यस्ता मानवीय सेवाका कार्यहरु गरेको देख्न पाईयोस । आफ्नो जन्मदिनको उपलक्ष्यमा अग्रवालले आमाको माया छात्राबासमा रहेका भाईहरुलाई आवस्यक सामाग्री कपी २४ पिस, पेन्सिल २० पिस, चाउचाउ १ काटुन, खाजा २५ पिस, माक्स ५०० पिस र सेनिटाईजर सहयोग गर्नु भएको थियो ।
      photo 2021 08 10 20 18 49

      कार्यक्रममा करण पटेल, ओम गुप्ता, चितरन्जन श्रीबास्तब, श्रवण रजक समेतको सहभागिता रहेको थियो । समाजसेबी अग्रवालले यसअघि कोरोनाको पहिलो अनि दोस्रो लहरमा विभिन्न संघ सस्थाहरुलाई माक्स र सेनिटाइजर बितरण समेत गर्नु भएको थियो ।

        कमेन्टहरु