मौसम

    आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

    नवलपुर टुडे
    २०८२ माघ २४ | बिहान ०६:१० बजे

      काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ भने कोशी प्रदेश लगायत देशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ।

      आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी र गण्डकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ  भने बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

      आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू(भागमा  आंशिक बादल लाग्नेछ र बाँकी भू(भागको मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

        कमेन्टहरु