देश

    ९१ लाख नगदसहित ४ जना हुण्डी कारोबार गर्ने पक्राउ

    जगत ठाडा मगर
    २०७८ साउन २६ | मध्यान्ह ०५:०४ बजे

      काठमाडौ । काठमाडौंको गणबहालबाट प्रहरीले हुण्डी कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।

      महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले आरोपीहरुको साथबाट ९१ लाख ९६ हजार रुपैयाँ बरामद गरेको छ ।

      पक्राउ पर्नेमा तनुज अग्रवाल, नितेश श्रेष्ठ, नर बहादुर खड्का र अर्जुन चौलागाईं छन् । हुण्डी कारोबारका मुख्य आरोपी तनुज अग्रवाल रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए ।

      काठमाडौं महानगरपालिका–२२ गणबहाल स्थित तनुजको घरमा छापा मारेर प्रहरीले उक्त रकम बरामद गरेको हो । अरु तिनजना तनुजका सहयोगी हुन् ।

        कमेन्टहरु