देश

    मोरङमा लागुऔषधिसहित पदमबहादुर राई पक्राउ

    जगत ठाडा मगर
    २०७८ साउन २६ | मध्यान्ह ०१:०४ बजे

      विराटनगर । मोरङको लेटाङ नगरपालिका–९ बुढौली चोकबाट प्रतिबन्धित औषधिसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

      अस्थायी प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले लेटाङ–८ का २४ वर्षीय पदमबहादुर राईलाई सोमबार साँझ प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरेको हो ।

      राईको साथबाट प्रतिबन्धित औषधि ट्रामाडोल दुई सय ट्याब्लेट र स्पासपेन एक सय ७० ट्याब्लेट बरामद भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए ।

      राईमाथि प्रहरीले थप अनुसन्धान थालिएको जनाएको छ । प्रहरीलाई प्राप्त सूचना र अनुसन्धानबाट खुलेको विवरणका आधारमा प्रतिबन्धित औषधिको ओसारपसार र कारोबार गर्ने गिरोहको खोजी थालिएको राईले बताए ।

        कमेन्टहरु