देश

    मोटरसाइकलको ठक्करबाट बर्दघाट सुस्ता पश्चिमका इन्चार्ज इन्सपेक्टरको मृत्यु

    जगत ठाडा मगर
    २०७८ साउन २६ | बिहान ०८:०४ बजे

      काठमाडौं । ईलाका प्रहरी कार्यालय बर्दघाट सुस्ता पश्चिमका इन्चार्ज प्रहरी निरिक्षक कपिल वाग्लेको मृत्यु भएको छ ।

      मोटरसाइकलको ठक्करबाट घाइते भएका वाग्लेको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डिएसपी राजु लामाले बताउनुभयो ।

      लु १४ प ७५ नम्बरको मोटरसाइकलले सोमबार राति चेकिङ ड्युटीमा रहेका वाग्लेलाई ठक्कर दिएको थियो । तत्काल चिसापानी सामुदायिक अस्पतालमा उपचारपछि उनलाई भैरहवा मेडिकल कलेजमा रिफर गरिएको थियो ।

      मोटरसाइकल चालक सुनवल नगरपालिका घर भएका १८ वर्षीय दिपेन्द्र पुनलाई प्रहरीले अहिले नियन्त्रणमा लिइएको डिएसपी लामाले बताए ।

        कमेन्टहरु