देश

    रूपन्देहीकी काेराेना संक्रमित महिलाको चितवनमा मृत्यु

    जगत ठाडा मगर
    २०७७ अशोज २६ | मध्यान्ह ०७:०६ बजे

      चितवन । भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत रूपन्देहीकी एकजना कोरोना संकमित महिलाको सोमबार मृत्यु भएको छ ।

      अस्पतालका निर्देशक डा.दयाराम लम्सालका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका –१५ की ३५ वर्षीया महिलाको सोमबार दिउँसो ४ बजे उपचारको क्रममा मृत्यु भएको थियो ।

      श्वासप्रश्वासमा समस्या भएकी ती महिला असोज २१ गते अस्पताल भर्ना भएकी थिइन् । असोज २० गते लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेजमा ल्याइएको थियो ।

      कोभिड कक्षको भेन्टिलेटरमा राखेर उनलाई उपचार गरिएको भएपनि बचाउन नसकिएको अस्पतालले बताएको छ ।

        कमेन्टहरु