समाचार

    फिलिपिन्समा ल्यान्डफिल साइडमा पहिरो खस्दा १ जनाको मृत्यु, ३८ जना बेपत्ता

    रासस
    २०८२ पुस २५ | मध्यान्ह १२:०९ बजे

      मनिला, पुस २५। फिलिपिन्समा फोहोर व्यवस्थापनस्थलमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । बिहीबार सेबु सहरको बिनलिउ ल्यान्डफिलमा पहिरो जाँदा उक्त घटना भएको हो ।सो घटनामा ३८ जना बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् । फोहोरको थुप्रोमा पुरिएर घाइते भएका १२ जना सरसफाइ कर्मचारीलाई उद्धारकर्मीहरूले निकालेको बताइएको छ ।

      उनीहरूको अस्पतालमा उपचार भइरहेको छ । निजी स्वामित्वमा रहेको यो ठाउँमा सरकारी एजेन्सी र नागरिक समाजबाट झन्डै ३०० जना खटाइएको थियो ।

      घटनास्थलमा कयौँ एक्जाभेटर, एम्बुलेन्स र दमकल देखिएका छन् । यो घटना अचानक भएको भए पनि फोहोर व्यवस्थापनमा लापरबाही यसको मुख्य कारण हुनसक्ने सेबु नगरका काउन्सिलर जोएल गार्गानेराले बताएका छन् ।फोहोर व्यवस्थापन कम्पनीले फोहोर थुपार्नका लागि पहाड काटेर माटो निकालिरहेको थियो । 

        कमेन्टहरु