देश

    बलात्कार आरोपमा पाल्पा रैनादेबी छहराका युवक पक्राउ

    जगत ठाडा मगर
    २०७८ साउन २४ | मध्यान्ह ०४:०४ बजे

      असिम कामु मगर
      पाल्पा । पाल्पामा बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पाल्पा रैनादेवी छहरा गाउँपालिका–८ बस्ने मिन बहादुर सारुलाई प्रहरीले पक्राउ गरेको हो ।

      पक्राउ परेका २३ बर्षिय मिनबहादुर सारु मगरलाई १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

      उनले साउन १९ मा बालिकालाई बलात्कार गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

        कमेन्टहरु