दुर्घटना

    नवलपुरमा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

    नवलपुर टुडे
    २०८२ पुस १४ | मध्यान्ह १२:०९ बजे

      कावासोती, पुस १४ । पुर्वी नवलपरासीको कावासोती- १४ डण्डास्थित भित्री सडक खण्डामा मोटरसाइकलको ठक्करबाट घाईते भएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको छ ।आइतबार साझ डण्डाबाट ढोकी तर्फ जादै गरेको कावासोती- १७ बगनौली बस्ने बर्ष २० को अनिस महतोले चलाएको प्र.नं.३-०३-००१ प ४५०३ नम्वरको मोटरसाइकलले पैदल यात्री सोही स्थान बस्ने बर्ष ७ की सोभा महतोलाई ठक्कर दिदा घाईते भएका थिए ।

      घाईते बालिकाको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा सामान्य उपचारपछि थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएकोमा उपचारको क्रममा आज बिहान २:२५ बजे मृत्यु भएको नवलपुर प्रहरीले नवलपुर टुडेलाई जानकारी दिएको छ ।प्रहरीले चालक र मोटरसाइकल नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।

        कमेन्टहरु