देश

    एमालेको केन्द्रीय कमिटी बैठक एक दिनपछि सर्‍यो

    जगत ठाडा मगर
    २०७८ साउन २४ | बिहान १०:०४ बजे

      काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सरेको छ । आज आइतबारका लागि बोलाइएको बैठक एक दिन पछि सारिएको हो ।

      बैठक सोमबार दिउँसो तीन बजे बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । केन्द्रीय कमिटी बैठक भन्दा पहिले एघार बजे स्थायी कमिटी बैठक बस्नेछ ।

      भदौमा विधान अधिवेशन गर्ने गरी स्थायी कमिटीले तयार पारेको प्रस्ताव अनुमोदन गराउन केन्द्रीय कमिटी बैठक बोलाइएको छ तर वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने बैठक रोकेर सहमति गर्न माग गरेको छ ।

      शुक्रबार सकिएको यो समूहको केन्द्रीय कमिटी बैठकले पार्टी एकतालाई जोड दिने निर्णय गरेको छ ।

        कमेन्टहरु