देश

    २०५९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ लाख नाघ्यो

    जगत ठाडा मगर
    २०७७ अशोज २३ | मध्यान्ह ०६:०६ बजे

      काठमाडौं । पछिल्लो २४ घण्टा भित्र २०५९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

      देशभरका प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा ७३२ महिला र १३२७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या एक लाख नाघेको हो ।

      स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १ लाख ६७६ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ६०० जनाको मृत्यु भएको छ भने ७३ हजार २३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १६८० जना संक्रमणमुक्त भएका छन् । देशभर २७ हजार ५३ संक्रिय संक्रमित छन् ।

        कमेन्टहरु