समाज

    सेतो टाउके जलखन्जरी

    नवलपुर टुडे
    २०८२ पुस ६ | बिहान ०३:०९ बजे
      1766215934 c%20ppppp

      यो प्रायः तेज बगेका खोल्सा, नदी, झरना र ढुङ्गामय भिरछेउका क्षेत्रमा भेटिन्छ। सङ्लो र छाल उठ्ने पानीबाट निस्कने किराफट्याङ्ग्रा खोज्दै, ढुंगामाथि कुदेर नाच्दै खाने यसको बानीले पानीछेउको वातावरणलाई झनै जीवन्त बनाइदिन्छ।

      1766215827 ki%204

      तेज बग्ने नदीनाला, सिमसारबाट बग्ने पानी तथा चट्टानी किनार यो चराको मनपर्ने वासस्थान हो। पानीमा बग्ने किराफट्याङ्ग्रा टिपेर खाने भएकाले पनि यसलाई ‘जलखन्जरी’  भनिएको हो।

      1766215872 ki%205

      हिमाली क्षेत्रका नदी किनारमा चम्किलो सेतो टाउको र रातो-कालो मिसिएको यो चराले वातावरणमा रङ र चहलपहल थपिदिन्छ। प्रकृतिप्रेमी र चराप्रेमीहरूका लागि यो मनपर्ने चरा प्रजातिमध्ये एक हो। NagarikNews

        कमेन्टहरु