देश

    श्रीमतीको अन्तिम ईच्छा पुरा गर्न बिपन्न बस्तीमा समाजसेबि चौधरीद्धारा राहत वितरण

    जगत ठाडा मगर
    २०७८ साउन २३ | बिहान ११:०४ बजे

      महेश सिंह
      सिरहा । नेपाली काङ्ग्रेसका महाँ समिति सदस्य तथा समाज सेबि महेश चौधरीले राज्यको सेवा सुविधाबाट बन्चितिकरणमा परेको समुदायलाई राहत वितरण गरेको छ ।

      photo 2021 08 07 11 22 15

      सिरहाको लहान नगरपालिका वडा नम्बर २० र २२ गरी फरक फरक दुई स्थानमा ४ क्युन्टल ५० किलो चामल,नुन, खानेतेल ,दाल, आलु, मटर लगायतका खाध्यान्न सामग्री सहयोग गरिएका छन्।

      सामाग्री प्रदान गरीने ठाउँ पुर्ण रुपमा छनौट गरिएको बिपन्न बस्तीका राज्यको सेवा सुविधाबाट बन्चितिकरणमा परेको घर- परिवारका सदस्य रहेको समाजसेवी महेश चौधरीले बताए । समाज सेवा गर्दा गर्दै मैले श्रीमाती गुमाएको छु।श्रीमतीको बिपन्न परीवारको समाजप्रतिको मोह र उनको अन्तिम ईच्छा पुरा गर्न गरीब,दलित र असहायका लागी प्रत्येक महीनाको – २२ गते राहत बितरण कार्यक्रमलाई मैले निरंतरता दिदै आएको बताए ।

      photo 2021 08 07 11 22 13

      समाज सेबि चौधरीका अनुसार मेरो श्रीमती संगिता कर्माचार्य २०७८ जेष्ठ २२ गतेको दिन सधैंको लागि यो संसारबाट बिदा हुनुभएको छ।उनको अन्तिम ईच्छा पूरागर्न ब्यक्तिगत लगानीमा बिपन्न बस्तीमा राहत वितरण गरेको हो।

      संगीता कर्माचार्य स्मृति प्रतिष्ठान द्वारा उक्त सहयोगलाई सदैव निरंतरता दिने छु`समाजसेवी चैधरीले घोषणाका साथै प्रतिबद्धता गरेका थिए।बिपन्न परिवारका गरिब दलित गरी ३५ जना गर्भवती महिलाहरुलाई राहत वितरण गरेका छन्।

      photo 2021 08 07 11 22 13

      गर्भवती महिलाबाट जन्मेका बच्चा कुपोषण नहोस र शारीरिक रुपमा पुर्ण रुपमा स्वास्थ बच्चा पाओस् भने स्वर्गीय कर्माचार्य र मेरो चाहना हो कार्यक्रममा बताए।केहि हप्ता अगाडि लहान नगरपालिका २२ का समाज सेबि समतलाल सदाको निधन भएको खबर पाए लगत्तै समाज सेबि चौधरीले बुझदा सामाजिक भोज गर्न राहत स्वरुप चालम दाल नुन तेल लिएर सहयोग गर्न लहान २२ गमहरीया पुगेका थिए ।

        कमेन्टहरु