अपराध, दुबई यूएई

    नेपाल राजदुतावास अबुधाबीको चेतावनी हुण्डी कारोबार गर्ने कसैलाई नछाड्ने।

    कबिराज राजबंशी
    २०८२ पुस २ | मध्यान्ह ०२:०९ बजे

      कविराज राजवंशी/ प्रवास दुवई यूएई

      नेपाल राजदुतावास अबुधाबीले युएइमा रहेका नेपाली श्रमिकहरूलाई हुण्डी कारोबार गर्न र गराउनेलाई कडा चेतावनी दिएको छ।

      IMG 20251216 WA0229

       

      राजदूतावास अबुधाबीले एक सूचना जारी गर्दै जो कोही व्यक्ति वा संस्था हुन्डीको कारोबार गरेको थाहा पाइएमा कडाभन्दा कडा कारबाही गर्ने तथा सम्पत्ति शुद्धिकरण गर्ने कुराको पनि सूचनामा उल्लेख गरेको छ।

      हन्डी कारोबार गैरकानुनी भएकोले गर्दाखेरि जो कोहीले पनि हुन्डी कारोबार नगरीकन बैंकिङ प्रणाली मार्फत आफ्नो पैसा नेपाल पठाउन र रेमिटान्स गर्न अबुधाबी एम्बेसीले सबैलाई आग्रह पनि गरेको छ।

      यदि कसैले हुन्डी कारोबार गरेको व्यक्ति तथा संस्थाको बारेमा गोप्य रूपमा इमेल मार्फत एम्बेसीलाई सूचना दिन पनि अनुरोध गरेको छ।

       

       

       

        कमेन्टहरु