राजनीति

    कांग्रेस, एमालेको अहङ्कार अन्त्य गर्न नेपाली कम्युनिष्ट पार्टी आवश्यक: भीम रावल

    नवलपुर टुडे
    २०८२ पुस १ | बिहान ०६:०९ बजे

      नेपाली कम्युनिष्ट पार्टी बाजुराको एकता सन्देशसभालाई सदरमुकाम मार्तडीमा सम्बोधन गर्दै रावलले सरकारले जेन-जी आन्दोलनका क्रममा फरार कैदीबन्दीलाई निर्वाचनको मिति अघि नै पक्राउ गर्नुपर्ने, लुटेका हातहतियार नियन्त्रणमा लिनुपर्ने बताए।

      नेता रावलले कांग्रेस, एमालेको बेथिति र अहङ्कार अन्त्य गर्न नेपाली कम्युनिष्ट पार्टी आवश्यक भएको धारणा राखे। उनले नेपालको स्वाधीनता, जनताको हकअधिकार, गौरव र समृद्धिलाई माथि उठाउन नेपाली कम्युनिष्ट पार्टीले सङ्कल्प गरेको उल्लेख गरे।

      एकता सन्देशसभामा नेपाली कम्युनिष्ट पार्टीका नेता भानुभक्त जोशी, खगराज भट्ट, प्रकाश शाहलगायतले सभालाई सम्बोधन गरेका थिए।

        कमेन्टहरु