राजनीति

    आज मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुँदै

    नवलपुर टुडे
    २०८२ पुस १ | बिहान ०६:०९ बजे

      काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत आज मतदान हुने भएको छ । नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुने भएको हो ।

       निर्वाचन कार्यतालिका अनुसार मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुनेछ । महाधिवेशनस्थल भृकुटीमण्डपमा मतदान हुनेछ । महाधिवेशनमा १९ पदाधिकारीका निम्ति ४२ जनाले उमेदवारी दर्ता गराएका छन् ।

      अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदै छ । 

       

        कमेन्टहरु