मौसम

    आज यी चार प्रदेशमा आंशिक बदली

    नवलपुर टुडे
    २०८२ मंसिर २९ | बिहान ०७:०८ बजे

      काठमाडौं, मंसिर २९। केही प्रदेशमा आंशिक बदली भए पनि आज देशभर मुख्यतया मौसम सफा रहनेछ ।

      जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

      राति देशभर मौसम मुख्यतया सफा रहनेछ । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ ।

        कमेन्टहरु