घटना

    हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु

    रासस
    २०८२ मंसिर २७ | बिहान १०:०८ बजे

      मोरङ । हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका–१२ बिराटचोकका ६० वर्षीय भवकृष्ण घिमिरेको घटनस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरिक्षक राजिव गिरीका अनुसार घिमिरे दूध बिक्रीका लागि स्थानीय डेरीमा जाने क्रममा जङ्गली हात्तीको आक्रमणमा परेका हुन् । 

      आज बिहान करिव ६ः३० बजे बिराटचोकस्थित बस्तीको बिचमै घिमिरेलाई आक्रमण गरेको थियो ।

        कमेन्टहरु