देश

    देशभरको मौसम आज कस्तो रहला ?

    नवलपुर टुडे
    २०८२ मंसिर २७ | बिहान ०६:०८ बजे

      काठमाडौँ । देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।

      आज दिउसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । 

      आज राति देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ । आइतबार भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । 

       

        कमेन्टहरु