समाचार

    राममणि बहुमुखी क्याम्पसमा पेशागत अभिमुखीकरण प्रशिक्षण सम्पन्न

    नवलपुर टुडे
    २०८२ मंसिर २५ | मध्यान्ह ०६:०८ बजे

      मणिग्राम, मंसीर २५ । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसका बी.बी.एस. पहिलो वर्षका विद्यार्थीका लागि आयोजित पेशागत अभिमुखीकरण प्रशिक्षण आज (बिहीबार) सम्पन्न भएको छ ।

      हिजो र आज (बुधबार र बिहीबार) गरी दुई दिनसम्म सञ्चालित प्रशिक्षणमा करियर ट्रेनिङ् इन्स्टिच्यूटका प्रज्ज्वल भट्टराई र दीपेन्द्र ढकालले प्रशिक्षण दिनुभएको थियो ।

      प्रशिक्षणमा क्याम्पसको बी.बी.एस. पहिलो वर्षका एकसय पचास जना विद्यार्थीको सहभागिता रहेको थियो ।

      विद्यार्थी परामर्श तथा रोजगार एकाईका संयोजक भिमलाल घिमिरेको अध्यक्षता एवम् सदस्य नम्रता पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो ।  

        कमेन्टहरु