दुर्घटना

    दाङमा बस दुर्घटना हुँदा २२ जना घाइते

    नवलपुर टुडे
    २०८२ मंसिर २५ | बिहान ०८:०८ बजे

      दाङ । दाङमा यात्रुवहाक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । डडेलधुराबाट काठमाडौं आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहान ३ बजे दुर्घटना भएको हो । 

      पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ स्थित कौडिया पुलबाट बस तल खस्दा दुर्घटना भएको हो । बसको पट्टा भाँचिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए । 

      घाइतेमध्ये पाँचजनाको अवस्था सामान्य छ । १७ जनाको अवस्था मध्यम छ । बसमा ३७ जना सवार थिए । 

        कमेन्टहरु