देश

    परासीकाे मुख्य सडक नबन्दा स्थानीय र व्यापारी आन्दोलीत

    नवलपुर टुडे
    २०७८ साउन २२ | मध्यान्ह ०८:०४ बजे

      नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारकाे मुख्य सडक नबन्दा स्थानीय र व्यापारीहरु आन्दोलन गरेका छन् भने वडा नं ५ काे वडा कार्यालय अगाडि टेन्ट लगाएर धर्ना समेत दिएका छन् ।

      photo 2021 08 06 20 25 15

      बिगत ६ वर्ष देखि परासी बजारकाे मुख्य सडक नबन्दा सास्ती खेप्नुपरेको स्थानीय र व्यापारीहरूकाे भनाइ रहेकाे छ भने स्वास प्रस्वासमा पनि समस्या भईरहेकाे उनिहरुकाे दाबी रहेकाे छ । पटकपटक यस विषयमा आन्दोलन गरेपनि केही सुनुवाई समेत नभएको स्थानीयले गुनासो पाेखेका छन् ।

      photo 2021 08 06 20 25 14

      आज सहायक प्रमुख जिल्ला अधिकारी र रामग्राम नगरपालिकाका उपप्रमुखलाई बाेधार्थमा रामग्राम नगरपालिका र उधाेग वाणिज्य संघ नवलपरासीलाई राखी ज्ञापन पत्र समेत बुझाएका छन् भने एक हप्ता सम्म निर्माण काम सुरु भएन भने यसभन्दा पनि चरणबद्ध रुपमा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

      photo 2021 08 06 20 25 13

      photo 2021 08 06 20 25 10

        कमेन्टहरु