देश

    सभामुखद्वारा संघिय संसद भवनको अबलोकन, छिटो निर्माण गर्न आग्रह (तस्बिरहरु)

    जगत ठाडा मगर
    २०७८ साउन २२ | मध्यान्ह ०६:०४ बजे

      काठमाडौँ । सिंहदरबारस्थित पुतली बगैंचामा निर्माणाधीन संघीय संसद् भवनको भौतिक प्रगति ३२.५ प्रतिशत पुगेको छ । ०७६ असोज १६ गते सम्झौता भइ निर्माण सुरु भएको उक्त भवनको हालसम्मको वित्तीय प्रगति ३० प्रतिशत रहेको आयोजनाले जनाएको छ ।

      photo 2021 08 06 18 29 03

      photo 2021 08 06 18 29 02

      निर्माणाधीन संसद् भवनको शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले अवलोकन गरेका थिए । अवलोकनका क्रममा विशेष भवन निर्माण परियोजनाका प्रमुख दिलीप शेखर श्रेष्ठले आयोजनाको हालसम्मका प्रगतिबारे जानकारी गराएका थिए ।

      निर्माणाधीन भवनको अवलोकनपछि सभामुख सापकोटाले संसद् भवनको निर्माण कार्यप्रति आफू सन्तुष्ट रहेको बताए । पछिल्ला समय निर्माणमा भइरहेको प्रगतिले खुशी लागेको बताउँदै उनले प्रतिकूलताका बीच पनि निर्माण कार्यले गति लिएको र आगामी दिनमा पनि समन्व्यात्मक ढंगले काम गर्न निर्देशन दिए ।

      photo 2021 08 06 18 29 06

      photo 2021 08 06 18 29 07

      photo 2021 08 06 18 29 09

      सम्झौताअनुसार नयाँ संसद् भवन २०७९ असोज १५ गतेभित्र सम्पन्न हुनुपर्नेछ । भवन निर्माण थालिएको २२ महिना भइसकेको छ । कोरोनाका कारण निर्माण अवधि छ महिना थप गरिएको छ । आयोजनाको कूल लागत रु छ अर्ब दुई करोड (भ्याटबाहेक) रहेको छ ।

      photo 2021 08 06 18 29 10

      photo 2021 08 06 18 29 11

      आयोजनामा १२ वटा भवनसहित चारवटा गेट र ल्यान्डस्केपिङ पनि हुनेछ । संघीय संसद् भवनमा प्रतिनिधिसभा, राष्ट्रिय सभा, सचिवालय, दलका कार्यालय, पुस्तकालय, चमेनागृहलगायत अत्याधुनिक संरचना हुनेछन् ।

      photo 2021 08 06 18 29 13

      photo 2021 08 06 18 29 18

      संसद् भवन अत्याधुनिक सुविधासहित नेपाली परम्परागत ढाँचाका हुने आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए । संघीय संसद्का दुवै सदन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सञ्चालन हुँदै आएका छन् ।

      photo 2021 08 06 18 29 19

      photo 2021 08 06 18 29 22

        कमेन्टहरु