मौसम

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव वर्षा र हिमपातको सम्भावना

    नवलपुर टुडे
    २०८२ मंसिर २२ | बिहान ०६:०८ बजे

      काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभाव स्वरूप सोमबार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

      मौसम पूर्वानुमान महाशाखाका अनुसार, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ । यसैगरी, कोशी प्रदेश र बागमती प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा समेत हल्का हिमपात हुने सम्भावना रहेको छ।

        कमेन्टहरु