देश

    नवलपुरका बौदीकाली र बुलिङटार गाउँपालिकाका १८ बर्षमाथिका सबै नागरिकलाई कोभिड -१९ विरुद्ध खोप लगाइने

    जगत ठाडा मगर
    २०७८ साउन २२ | मध्यान्ह ०२:०४ बजे

      नवलपुर । पूर्वी नवलपरासीको पहाडी गाउँपालिका बौदीकाली र बुलिङटारमा १८ बर्ष माथिका सबै नागरिकलाई कोभिड १९ विरुद्धको खोप लगाइने भएको छ ।

      नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीका अनुसार सरकारले दुर्गम क्षेत्रलाई प्रथामिकतामा राखेर खोप लगाउने कार्यक्रम अन्तरगत नवलपुरको बौदीकाली र बुलिङटारलाई पनि प्रस्ताव गरिएको हो ।

      प्रस्ताव गरिए अनुसार खोप आउन साथ नवलपुरको बौदीकाली र बुलिङटार गाउँपालिकाका १८ बर्ष माथिका सबै नागरिकलाई खोप लगाइने प्रमुख जिल्ला अधिकारी पंगेनीले बताइन् ।

        कमेन्टहरु