दुर्घटना

    बैतडीमा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु

    रासस
    २०८२ मंसिर १९ | बिहान ११:०८ बजे

      बैतडी ।  जिल्लाको सुर्नया गाउँपालिका–५ कठेगौँडमा गए राति मिनी ट्रक दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार सुर्नया गाउँपालिका–४ का २९ वर्षीय नरेश महराको घटनास्थलमा मृत्यु भएको हो ।

      उनी सुर्नया गाउँपालिका–४ को सन्सेरीमाडौँबाट धनगढीतर्फ गइरहेका थिए । 

        कमेन्टहरु