घटना

    बाघको आक्रमणबाट महिलाको मृत्यु

    रासस
    २०८२ मंसिर १३ | मध्यान्ह ०५:०८ बजे

      मन्थली (रामेछाप) मंसिर १३। रामेछापको मन्थली नगरपालिका–९ स्थित पुरानागाँउमा गए राति बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सोही वडाकी वर्ष ६६ कि गङ्गामाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख भोलाकुमार भट्टले जानकारी दिनुभयो ।

      उहाँका अनुसार महिलाको शव क्षत विक्षत अवस्थामा स्थानीयले फेला परेपछि आफूहरुलाई जानकारी गराएका थिए । घटनाारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

        कमेन्टहरु