अपराध

    पर्साबाट सशस्त्र प्रहरीद्वारा २१३ केजी गाँजा बरामद

    नवलपुर टुडे
    २०८२ मंसिर ११ | बिहान ०६:०८ बजे

      पर्सा । सशस्त्र प्रहरीले पर्साबाट ठूलो मात्रामा गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण पर्साले भारतीय सीमावर्ती इलाकामा हुने चोरी तस्करी तथा लागुऔषध ओसारपसार नियन्त्रण गर्न चलाएको अभियान अन्तर्गत ठूलो मात्रामा गाँजा फेला पारेको हो ।

      पर्साको विन्दवासिनी गाउँपालिका–५ बटसौरामा परालको कुन्युभित्र लुकाइछिपाई राखेको २ सय १३ किलो ग्राम गाँजा बरामद भएको सशस्त्रले जनाएको छ ।

        कमेन्टहरु