देश

    सत्य मारेर मरिन्न, सत्य रोकेर रोकिन्न

    जगत ठाडा मगर
    २०७७ अशोज २० | मध्यान्ह ०८:०६ बजे

      मेरो कलम खोस या कापी च्यात ।
      पाइला रोक या हात काट ।
      मलाई हिरासतमा कोच या जेलमा जाक ।
      सत्य रोकेर रोकिन्न ।

      मेरो आँखामा पट्टि बाँध या मुखमा टाल ।
      या त सुन्ने कानलाई शुन्यतामा ढाल ।
      मलाई उज्यालोमा राख या अन्धकारमा राख ।
      सत्य छेकेर छेकिन्न ।

      मेरो मुखमा छुरा रोप या गोली ठोक ।
      रगतमा सत्य बगाउ या त्यसभित्र चोप ।
      तिमी सौख मनाउ या शोक ।
      सत्य मारेर मरिन्न ।

      सल्लाह र सुझाब मात्रै सित्तैमा पाइन्छ ।
      तर स्वतन्त्रता सित्तैमा पाइन्दैन ।
      मेरो लडाइँ सत्यको स्वतन्त्रको निम्ति हो ।
      शक्तिको जीतको निम्ति होइन ।
      सत्य ढाँटेर ढाँटिन्न ।

      लेखक :- ग्याल्जेन दोर्जे तामाङ
      हाल :- नख्खु कारागार काठमाडौ

        कमेन्टहरु