समाचार

    दुई लाख पाँच हजार १६८ जना नयाँ मतदाता थप

    रासस
    २०८२ मंसिर ९ | बिहान ०४:०८ बजे

      मकवानपुर। बागमती प्रदेशको १३ जिल्लामा आगामी फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि दुई लाख पाँच जार १६८ जना नयाँ मतदाता थपिएर ३६ लाख १८ हजार ३७ पुगेको छ । 

      विसं २०७९ मङ्सिरमा भएको निर्वाचनमा प्रदेशको मतदाता सङ्ख्या ३४ लाख २२ हजार ८६९ थियो । 

      मकवानपुर जिल्लामा गत २०७९ को निर्वाचनमा तीन लाख दुई हजार २४ जना मतदाता रहेकामा राष्ट्रिय परिचयपत्रको तथ्याङ्कबाट सात हजार ६३३ जना र प्रदेश निर्वाचन कार्यालयमा दर्ता भएका छ हजार ९७० जना नयाँ मतदाता थप भएका बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ ।

        कमेन्टहरु