स्वास्थ्य

    पायक पर्ने स्थानमै आँखाजाँच शिविर आयोजना गर्दा ….

    नवलपुर टुडे
    २०८२ मंसिर ८ | बिहान ०९:०८ बजे

      दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौरीकी ५३ वर्षीया रस्मिता दाहालले यसअघि आँखा जाँच गरेकी थिइनन् । तर, अहिले गाउँमै शिविर आएपछि जाँच गर्दा दाँया आँखामा मासु पलाएको रहेछ ।

      स्वास्थ्यकर्मीले उनलाई तत्काल शल्यक्रिया गर्ने सुझाव दिए । “पहिले कहिल्यै जाँच गरेकी थिइन”,उनले भनिन् “अहिले जाँच गर्दा आँखामा मासु पलाएको रहेछ, शल्यक्रिया गर्ने भनिएको छ ।”

      त्यस्तै तुलसीपुर १२ कै ८२ वर्षीय चेतनाथ पोख्रेलको पनि आँखा परीक्षण गर्दा मोतिविन्दु देखियो । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित राप्ती आँखा अस्पतालले एनएबिपी नर्वेको आर्थिक एवं प्राविधिक सहयोग आयोजित निःशुल्क आँखा जाँच शिविर आयोजना गरिएको थियो ।

      तुलसीपुर उपमहानगरपालिका–१२ द्वारा संयोजित सो निःशुल्क आँखा जाँच कार्यक्रम ८२ वर्षीय पोख्रेलले पनि आँखा परीक्षण गराए । आँखा जाँच गरेपछि उनले अब प्रत्येक ६÷६ महिनामा आँखा अस्पताल गएर जाँच गराउने स्वास्थ्यकर्मीले सुझाव दिएको बताए  ।

      आइतबार तुलसीपुर १२ हरिपौरीस्थित वडा कार्यालयमा भएको शिविरमा उनीहरु जस्तै २४७ जनाले निःशुल्क आँखा जाँच गराए 

      यो कार्यक्रमले वडावासीलाई गाउँमै सेवा प्रदान गन सहज भएको वडाध्यक्ष खुसीराम चौधरीले बताए । उनका अनुसार अझै पनि आँखाको रोग पालेर गाउँ–गाउँमा बसिरहेकाले समस्या पहिचान गरी उपचार गर्नका लागि भूमिका खेल्न यो शिविर सञ्चालन गरिएको हो ।

      शिविरबाट ४० जनामा मोतिविन्दु देखिएको थियो । उनीहरुलाई निःशुल्क उपचार गरिनेछ भने त्यो बाहेक अन्य शल्यक्रिया गर्नुपर्ने भएमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

        कमेन्टहरु