स्वास्थ्य

    सखर खाँदा निको हुन्छ खोकी ?

    एजेन्सी
    २०८२ मंसिर ८ | बिहान ०६:०८ बजे

      काठमाडौं । सखर मिठो त हुन्छ नै यो स्वास्थ्यको लागि पनि राम्रो मानिन्छ । सख्खर खानुका धेरै फाइदा छन् । यद्यपि,  धेरै मानिसलाई खोकी लाग्दा सखर खान हुन्छ कि हुन्न भन्ने द्विविधा हुने गर्छ । चर्चित भारतीय आयुर्वेदिक डाक्टर रोबिन शर्माले आफ्नो युट्युब च्यानलमा एउटा भिडियो सेयर गरेका छन् । उक्त भिडियोमा, उनले सख्खर चिसो र खोकी लागेको बिरामीका लागि  फाइदाजनक हुन सक्छ भनेर उल्लेख गरेका छन् । सही तरिकाले सेवन गर्दा सखरले घाँटीमा जम्मा भएको कफलाई हटाउन पनि मद्दत गर्न सक्ने उनको भनाइ छ ।

      खोकी लाग्दा कसरी खाने सखर ?

      सखरको पानी बनाएर पनि पिउन सकिन्छ । शर्माका अनुसार तपाईंलाई खोकी लागेको छ, घाँटी दुख्ने समस्या, कफ जम्ने वा बारम्बार रुघाखोकी लाग्ने समस्या छ भने यो पानीले धेरै राहत दिन सक्छ ।

      पानी बनाउन चाहिन्छ यी सामानः

      –सखरको सानो टुक्रा

      –१/४ इन्च अदुवा,

      –४–५ दाना कालो मरिच

      –तुलसीको ५–७ पत्ता

      पानी बनाउने तरिका

      –सखरको सानो टुक्रा लिनुहोस् अनि यसलाई हल्का रूपमा कुट्नुहोस् ।

      –लगभग १/४ इन्च अदुवा, ४–५ कालो मरिचको दाना, र ५–७ तुलसीको पातलाई पनि एकसाथ कुट्नुहोस् ।

      –यी सबै सामानलाई एउटै भाडामा हालेर राम्रोसँग मिलाउनुहोस् ।

      –भाडामा एक गिलास पानीमा खन्याउनुहोस् र चुल्होमा उमाल्न राख्नुहोस् ।

      –पानी घटेर आधा भएपछि, ग्यास बन्द गर्नुहोस् । यो पानीलाई छान्नुहोस् र खाली पेटमा मनतातो पिउनुहोस् ।

       हरेक बिहान खाली पेटमा यो पानी पिउनाले घाँटीमा जम्मा भएको कफलाई बिस्तारै हटाउन मद्दत गर्नुका साथै खोकीबाट राहत र शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने शर्माको भनाइ छ । यो पानी जाडो मौसममा विशेष गरी प्रभावकारी हुन सक्छ, किनकि सखर र अदुवा दुवैले शरीरलाई न्यानो राख्छ । सखर र अदुवामा एन्टी–इन्फ्लेमेटरी, एन्टिभाइरल र एन्टिब्याक्टेरियल गुणहरू प्रशस्त मात्रामा पाइन्छ । जसले घाँटीको सूजन कम गर्न मद्दत गर्दछ । कालो मरिचको तिखोपनले घाँटी सफा गर्छ र तुलसीले श्वासप्रश्वास समस्याहरूको लागि प्राकृतिक राहत दिन्छ ।

      तर खोकी धेरै दिनसम्म रहिरह्यो, ज्वरो आयो वा सास फेर्न गाह्रो भयो भने घरेलु उपचारहरूमा मात्र भर पर्नुहुन्न । यस्तो अवस्थामा डाक्टरसँग परामर्श लिनु आवश्यक हुने उनको भनाइ छ ।

      अस्वीकरणः यो सामाग्री अनलाइन जानकारीका आधारमा तयार पारिएको हो ।

       

        कमेन्टहरु