दुर्घटना

    पिकअप गाडी दुर्घटनामा परेर खैरहनीका न्यौपानेको मृत्यु

    नवलपुर टुडे
    २०८२ मंसिर ७ | बिहान ०८:०८ बजे

      चितवन,मंसिर ७ । चितवनमा पिक अप गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

      चितवनको कालिका नगरपालिका वडा नम्बर ११ सिद्धि नजिक शनिबार गाडी दुर्घटना हुँदा खैरहनी निवासी राममणी न्यौपानेको मृत्यु भएको हो । सिद्धिबाट कल्याण चौर तर्फ जाँदै गरेको बा.१८ च ८९७३ नम्बरको पिक अप गाडी आफै अनियन्त्रित भई सडक देखि अन्दाजी १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

      दुर्घटनामा गम्भीर घाइते खैरहनी नगरपालिका वडा नम्बर ४ का अन्दाजी ६२ वर्षिय का राममणी न्यौपानेलाई उपचारको लागि भरतपुर अस्पताल ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

       

        कमेन्टहरु