कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, दुबई यूएई, देश, पर्यटन, बागमती प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, लुम्बिनी प्रदेश, साहित्य, सुदुरपश्चिम प्रदेश, सूचना / प्रबिधि

    खरानी माथि उठ्ने आकाङ्क्षा

    याम बहादुर थापा मगर
    २०८२ मंसिर ३ | बिहान ०६:०८ बजे

      कविताको शीर्षक: खरानी माथि उठ्ने आकाङ्क्षा

      विश्व राजनीतिको रंगमञ्चमा मेकियावेलीको चाल,
      सकुनिको कुटिल बटार, सत्ता—एक अर्काको छायाँ जस्तै।
      स्थायी शत्रु नहुने खेलमा,
      संबन्धहरू वसन्तको हावा झैँ क्षणिक फेरिन्छन्,
      र राजनीतिमा थकान नमान्ने सत्ता–दौड
      मानिसको होइन, स्वार्थको श्वास बनेर धड्किन्छ।
      युग–युगांतरदेखि वर्गीय शोषणको घन्टी
      उही लयमा बजिरहेछ
      श्रमिकका पोटिला हातहरू,
      सर्वहाराको रितिँदै र घटदै गएको आयु
      नितान्त मौन प्रश्न बनेर विशाल सिंहदरबारहरूलाई
      प्रत्येक विहान जागरुक गराउँछ।
      राजनीतिक अस्थिरता, आजको पृथ्वीको हलचल
      राजनीतिक शून्यता, जनता–विहीन नीतिहरूको खाली कोठा,
      र राजनीति खरानी झैँ झरी झरी
      विश्वासका अङ्गारहरूलाई दलदल गर्दैछ।
      तर यत्ति हुँदाहुँदै पनि
      जनताको मुटुमा एउटा अविनाशी धड्कन बाँकी छ।
      मुक्तिको भ्रमित ओझिलो आकाङ्क्षा।
      जब श्रमिकको पसिना नाफाको होइन,
      मानवताको मूल्य बन्नेछ,
      जब सर्वहाराको आवाज
      नीति–निर्माणको टेबलमा सिधा सुन्निनेछ,
      त्यस दिन राजनीति पुनः जन्मिनेछ।

      याम बहादुर थापा मगर
      बागलुङ नगरपालिका १० भकुण्डे धौलेचउर बागलुङ
      ९८४७६५७३००

        कमेन्टहरु