मौसम

    आज कोसी र कर्णाली प्रदेशका केही स्थानमा आंशिक बदली

    नवलपुर टुडे
    २०८२ मंसिर १ | बिहान ०६:०८ बजे

      काठमाडौं । केही स्थानमा बदली भए पनि आज देशभरको मौसम सफा रहनेछ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहँदा मौसम सफा रहने भएको हो । 

      जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

      बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । राति देशभर मौसम मुख्यतया सफा रहने विभागले जानकारी दिएको छ । 

        कमेन्टहरु