देश

    बैतडीमा जंगली बँदेललाई थापेको विद्युतीय धरापमा परेर दाजुभाइको मृत्यु

    जगत ठाडा मगर
    २०७८ साउन २१ | बिहान ०९:०४ बजे

      बैतडी । बैतडीमा जंगली बँदेलका लागि छाडिएको करेन्ट लागेर दुई दाजुभाइको मृत्यु भएको छ ।

      करेन्ट लागेर बैतडीको सुनर्या गाउँपालिका-५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्दको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताउनुभयो।

      ओझाका अनुसार बुधबार राति पौने ११ बजे घर नजिकै रहेको मकैबारीमा जङ्गली बँदेलका लागि छाडिएको बिजुलीको तारबाट करेन्ट लागेर दुवैको घटनास्थलमै मृत्यु भएको हो । उनले भने, ‘जङ्गली बँदेल मार्नका लागि मकैबारीमा करेन्ट छाडिएको रहेछ, उनीहरु बँदेल धपाउन मकैबारी गएका बेला करेन्ट लागेको भन्ने बुझिएको छ ।’

      घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घटनास्थलतर्फ खटाइएको छ ।जिल्लाका सबैजसो स्थानमा लगाइएको मकैबाली जङ्गली जनावरले नष्ट गर्न थालेकाले किसानलाई मकैबाली जोगाउन धौधौ परेको छ ।

        कमेन्टहरु