देश

    हिरासत भित्रको हिरा

    जगत ठाडा मगर
    २०७७ अशोज २० | मध्यान्ह १२:०६ बजे

      हिरासतको बन्द कोठाभित्र ती लाचार प्राणीहरु ।
      सधै ती अस्तव्यस्त अनि अव्यस्थित विस्तारामा
      लखतरान भई रणभुमिमा ढलेको लाश झै पल्टिरहेका छन ।
      अझ भनौ खोरमा हुल्याइएको भेडा–बाख्रा जस्तै ।

      म एक त्यो हिरासत भित्रको भेडा हुँ ।
      म एक अन्धो कानुनले नचिनेको सत्य हुँ ।
      म एक बहिरो न्यायधिशले नसुनेको न्याय हुँ ।
      म एक प्रमाणु बमलाई तुहाउने शान्ति हुँ ।

      म एक बुलेटलाई नङ्ग्याउने ब्यालेटको क्रान्ति हुँ ।
      म एक दासत्वलाई नरुचाउने स्वतन्त्रता हुँ ।
      म एक विखण्डन र विभेदलाई रोक्ने स्वतन्त्रता हुँ ।
      म एक साम्राज्यवादी पराधिनता नमान्ने स्वाधिनता हुँ ।

      म एक मानव अस्तित्व र अधिकार खोज्ने मानव हुँ ।
      ती सत्य न्याय, शान्ति, क्रान्ति, समानता, स्वतन्त्रता स्वाधिनता ।
      मानव अस्तित्व र मानवअधिकारवादी एक सचेत प्राणी हुँ ।
      तर यी अचेत समाज एकातिर अनि म एकातिर ।

      त्यहि समाज, राष्ट्र देशको निम्ति लडेको म ।
      आज त्यहि देशमा हिरासतको शून्यता भित्र गुम्सिएको छु ।
      आज मेरा आफ्ना घरपरिवार सबै बिराना छन ।
      सिमाहिन आकाशका दुई आँखा घाम र जुन बिराना छन् ।

      मानव निर्मित एक सानो बन्द कोठा बाहेक बृहत धर्ती बिराना छन् ।
      आज मेरा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता अनि
      स्वतन्त्रपूर्वक हिडडुल गर्न पाउने अधिकार खोसिएको छन् ।
      आज सँग छँ त केवल बाँच्न पाउने अधिकारको झिनो आसाँ

      ती शून्यता बोकेका सहानुभुति र सान्तवनाहरु
      आजको भौतिक बिलासितामा रम्नेहरुको भिडमा हिरासत भित्र पनि
      कसैलाई लामखुट्टे र उपियाले टोक्छन त कसैलाई रुपियाले ।
      कहीले चौरासी ब्यन्जनको अभावले पिरोलिन्छन त कहिले चिल्लो सुटबुटको मोहले

      म सधै बौद्धिक बिलासितामा रमाउछु ।
      चिल्लो सुटबुट र चौरासी व्यञ्जनको लोभ छैन ममा ।
      मलाई आनन्द छ नयाँ ज्ञान नयाँ कितावमा रमाउनुमा ।
      कलमको बुई चढि संसारलाई आफ्नो पञ्जामा नचाई आफ्नो दृष्टिकोण पोख्नुमा ।

      मलाई सम्मानित जीवनभन्दा सम्मान योग्य जीवन भोक छ
      चुनौति पछाडि लुकेको अवसर खोज्ने शोख छ ।
      हाँसिल गरेको उपलब्धिलाई बचाउदै नयाँ उपलब्धि हासिल गर्नुछ ।
      कृत्तिम दासत्वलाई टोढ्ने प्रकृति प्रेमि भई बाँच्नु छ ।

      आज मैले आफै संग प्रश्न गरिरहेको छु ।
      मैले समाज नपचेको की समाजलाई सत्य ?

      लेखक :- ग्याल्जेन दोर्जे तामाङ
      हाल :- नख्खु कारागार काठमाडौ ।

        कमेन्टहरु