दुर्घटना

    कपिलवस्तुमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना गम्भीर

    नन्द किशोर कुर्मी (लालु)
    २०८२ कार्तिक २१ | मध्यान्ह ०३:०७ बजे

      कपिलवस्तु । कपिलवस्तुको सुद्धोधन गाउँपालिका- ३ गाउँपालिकाको कार्यालय नजिकै दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ, भने अर्को व्यक्ति गम्भीर घाइते भएका छन्।

      लु ८३ प ७६९२ नम्बरको मोटरसाइकलका चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुल्न बाँकी छ । प्रहरीको अनुसार घाइतेलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको जानकारी दिएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

        कमेन्टहरु