अपराध

    कपिलवस्तुमा यौन दुर्व्यवहारको आरोपमा पुर्व शिक्षक पक्राउ

    नवलपुर टुडे
    २०८२ कार्तिक १७ | मध्यान्ह ०३:०७ बजे

      कपिलवस्तु । कपिलवस्तुमा औन दुर्व्यवहारको आरोपमा पुर्व शिक्षक पक्राउ परेका छन । उनलाई घरेलु कामदारका रुपमा रहेकी १५ बर्षिय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका हुन ।

      पक्राउ पर्ने शिवराज नगरपालिका- ५ बस्ने शिवराज सुबेदीले घरमा श्रीमती परिवार नभएको अवस्थामा आफू माथी यौन दुर्व्यवहार गरेको बालिकाले प्रहरीमा उजुरी गरेकी थिइन । यौन दुर्ब्यवहार गर्ने पुर्व शिक्षकलाई वडा प्रहरी कार्यालय चन्द्रौटाले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

      सुबेदीले साझ बिहान पढाउने प्रलोभनमा गौमुखी गाउँपालिक प्युठानकी १५ बर्षिय बालिकालाई घरमा १३ महिनादेखि राखेका थिए । आरोपित शिक्षक दुई बर्ष अघि मात्र अवकास लिएका थिए ।

        कमेन्टहरु