दुर्घटना

    बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

    रासस
    २०८२ कार्तिक १६ | मध्यान्ह ०३:०७ बजे

      दशरथचन्द (बैतडी), कात्तिक १६। बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आज अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

      इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रराज भट्टका अनुसार सिगास गाउँपालिका–३ धमकट्टेका ७५ वर्षीय हरुवा साउदको मृत्यु भएको हो । उहाँका नाति २० वर्षीय महेश साउद घाइते हुनुभएको छ । दुर्घटनापछि फरार ट्याक्टरचालकको खोजी जारी छ ।

        कमेन्टहरु