कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, देश, बागमती प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश, साहित्य, सुदुरपश्चिम प्रदेश

    कविताको शिर्षक मानवताको उज्यालो अधिकार

    याम बहादुर थापा मगर
    २०८२ कार्तिक १२ | मध्यान्ह १२:०७ बजे

       

      कविताको शिर्षक
      मानवताको उज्यालो अधिकार

      याम बहादुर थापा मगर
      बागलुङ नगरपालिका १०, भकुण्डे, धौलेचउर, बागलुङ
      ९८४७६५७३००

      मानव अधिकार भनेको केवल कानुनको पाना होइन,
      त्यो त मानवताको मुटु हो।
      जसले हरेक प्राणीलाई सम्मान, स्वतन्त्रता
      र समानताको उज्यालोमा बाँच्न प्रेरित गर्छ।
      हाम्रो जीवन तब मात्र सुन्दर हुन्छ ।
      जब कुनै जात, धर्म, लिङ्ग वा वर्गको भेद हुँदैन।
      हाम्रो देशको हिमाल, पहाड र तराईले
      यही सन्देश दिन्छ विविधता हाम्रो शक्ति हो,
      समानता हाम्रो पहिचान हो।

      मानव अधिकार दिवसले सम्झाउँछ।
      अधिकार मागेर होइन, चेतनाले रचना हुन्छ।
      जब एक आमाले डर विना सन्तान जन्माउन सक्छिन्,
      जब बालकले स्वतन्त्रतापूर्वक शिक्षा पाउँछ,
      जब युवाले आवाज उठाउँछ र वृद्धले सम्मान पाउँछन्।
      त्यही क्षण हो मानव अधिकारको साँचो विजय।

      नेपालको हरेक गाउँ र सहरी गल्लीमा
      अधिकारको उज्यालो फैलोस्।
      प्रेम, सहानुभूति र जिम्मेवारीले जोडिएका
      नागरिक नै समृद्ध राष्ट्रका आधार हुन्।
      मानव अधिकार केवल एउटा दिवस होइन।
      यो हाम्रो आत्मा हो,
      हाम्रो सामूहिक स्वप्न हो।
      आउनुहोस्, हामी सबै उठौँ ।
      अन्याय विरुद्ध, विभेद विरुद्ध, मौनता विरुद्ध।
      मानवताको उज्यालो फैलाऔँ ।
      हरेक हृदयमा, हरेक घरमा।

        कमेन्टहरु