यातायात

    चखेवा–पाँचधारे सडक स्तरोन्नतिपछि स्थानीयलाई सहज

    रासस
    २०८२ कार्तिक १२ | बिहान ०६:०७ बजे

      भोजपुर ।  बर्खामा क्षतिग्रस्त भएको चखेवा–पाँचधारे सडकमा स्तरोन्नतिपछि यातायात सञ्चालनमा आएको छ । केही समय अघिको लगातारको वर्षाका कारण विभिन्न स्थानमा अवरुद्ध भएको सडकलाई टेम्केमैयुङ गाउँपालिकाले मर्मत गरी पुनः सञ्चालनमा ल्याएको हो । 

      यहाँका दुई पर्यटकीय क्षेत्र चखेवा र पाँचधारेलाई जोड्ने यो सडक बन्द हुँदा स्थानीय र पर्यटकले आवतजावतमा समस्या भोग्दै आएका थिए ।

      सडकलाई मर्मत पश्चात् यातायात सञ्चालनमा ल्याइएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी बताए । यो पर्यटकीय सडक मार्ग भएकाले गाउँपालिकाले प्राथमिकता साथ मर्मतको काम गरेको उनको भनाइ छ ।

      चखेवाबाट पाँचधारेसम्म यो सडकको लम्बाई करिब नौ किलोमिटर रहेको छ । गाउँपालिकाभित्रका अन्य  सडकको पनि मर्मत भइरहेको अध्यक्ष बस्नेतले जानकारी दिए । अवरोध सडक पुनः सञ्चालनमा आएपछि सामग्री ढुवानी, व्यापार–व्यवसाय र दैनिक आवतजावतमा सहज भएको स्थानीयवासीको भनाइ छ ।

        कमेन्टहरु